सनराइज बैंकको अगुवाईमा अन्नपुर्ण केवलकार परियोजनाको वित्तिय व्यवस्थापन सम्पन्न

Posted on: 23 Feb, 2017


फागुन १२, काठमाण्डौं । सनराइज बैंकको अगुवाइमा सनराइज बैंक तथा राष्ट्रिय वाणिज्य बैंकको संयुक्त सहभागितामा सहवित्तियकरण लगानी व्यवस्था अनुसार लगानी गर्नेगरी कास्की, जिल्लाको सराङकोट गा. वि. स. मा निमार्ण हुन लागेको २.३ किलोमिटर लामो केवलकार परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । 

दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त परियोजना प्रतिष्ठित व्यवसायी कालु गुरुङ् तथा जापानी मुलका नेपाली नागरिक टाकासी मियाहाराले प्रवद्र्धन गरेको अन्नपुर्ण केवल कार प्रा. लि.ले निमार्ण गर्न लागेको हो । 

कुल लागत ८९ करोड ६० लाख अनुमान गरिएको उक्त परियोजनामा बैकहरुले रु. ६६ करोड लगानी गर्ने छन् र यस आयोजना सम्पन्न भए पश्चात पर्यटकीय नगरी पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वाश गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!