प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास, ४ वर्षभित्र निर्माण गर्ने

Posted on: 28 May, 2017

जेठ १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ फास्ट ट्र्याकको शिलान्यास गरेका छन् । 

बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको औपचारिक शिलान्यास गरेका हुन् । काठमाडौँदेखि तराईसम्म ७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएसंगै त्यसले चर्चा पाएको छ ।  यो द्रुत मार्गलाई ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य सरकारले राखेको छ ।

कार्यक्रममा सेनाले फास्ट ट्रयाक निर्माणलाई १० क्षेत्रमा विभाजन गरेर निर्माण गर्ने योजना लिएको जानकारी गराइएको छ । 

उता फास्ट ट्रयाकको निर्माण लक्ष्य अनुसार नेपाली सेनाले पनि यसको निर्माण निर्धारित समयमै निर्माण गर्ने जनाएको छ । ४ लेन सडकमा बिस्तार हुने फास्ट ट्रयाकको २३ किलोमिटर भाग पहाड र बाँकी दुरीमा तराई पर्छ । जसमा ९९वटा पुल बन्नेछन् भने ६ वटा आकासे पुल बनाइनेछ । साथै मकवानपुरको एक खण्डमा डेढ किलोमिटरको सुरुङमार्ग समेत बन्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!