कलंकी चोकको अत्याधुनिक अन्डरपास झन्डै ७०% काम सकियो (फोटो फिचर)

Posted on: 27 Jun, 2017


अनिल अधिकारी | असार १३, काठमाडौ | काठमाडौँको कलंकीको जाम हटाउने दिर्घकालिन अन्डरपास निर्माणको झन्डै ७०% काम सम्पन्न भईसकेको छ भने अन्डरपासको लागि ४ भाग मध्ये ३ भागमा बोर्ड पाइलको काम लगभग सकीईसकेको छ । 

कलंकीमा निर्माणाधीन यो योजना अनुसार सडकको बीच भागमा अत्याधुनिक पुल निर्माण भईसकेको छ भने अहिले अन्डरपासको दक्षिण पट्टिको सडक खोतल्ने काम सुरु भईसकेको छ । त्यस्तै स्वयम्भु तर्फको दायाँपट्टिको सडकमा अन्डरपासको बोर्ड पाइलको काम सुरु गरिएको छ । अब एकापट्टीको बोर्ड पाइलको काम सम्पन्न भए लगत्तै योजना अनुसारको संरचना देखिनेछ । 


कलंकीको यो योजना निर्माणका कारण अहिले दैनिक जामको समस्या छ भने निर्माण पुरा भईसकेपछी बर्षौंदेखिको जाम अन्त्य हुनेछ । सडक प्रयोगकर्ताले अबको एक बर्षभित्रै कलंकी चोकको यो योजना निर्माणबाट सहजता महसुस गर्न पाउने छन् ।

चीन सरकारले कलंकी चोकमा बनाउन लागेको क्रस रोडको काम सकेसम्म छिटो सम्पन्न गर्ने योजना छ । योजना अनुरुप कालीमाटीतर्फबाट थानकोटतिर जाने सडकमा पुल निर्माण सम्पन्न भई अहिले सो पुलबाट सवारीहरु पास गराउन थालिएको छ भने सोमबारदेखि दक्षिण तर्फको पुल मुनि अन्डरपासको लागि माटोहरु खोतल्ने काम सुरु भएको छ ।


त्यस्तै सीतापाइलाबाट बल्खु जाने सडक चोकबाट चार सय मिटर वारपार ‘अन्डरपास' बन्नेछ । चारैतिरबाट देब्रेतर्फ मोडिने ठाउँमा दुई लेनको फराकिलो सडक यथावत् रहनेछ । 

योजना पछी यस्तो बन्छ कलंकी चोक:- 

अन्डरपास सडक जाने र आउने दुईदुई गरी चार लेनको हुनेछ । कलंकी चोकबाट बल्खु जानेतर्फ चार सयवटा बोर्ड पाइल गर्ने काम लगभग अन्तिम चरणमा छ भने सितापाइला तर्फ एकापट्टिको बोर्ड पाइलको काम पनि बन्ने चरणमै छ भने अर्कोतर्फको बोर्ड पाइलको काम सुरु गर्न लागिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!