कुबेर मर्चेन्ट फाईनान्स लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न

Posted on: 20 Aug, 2017

भदौ ४, काठमाडौँ | कुबेर मर्चेन्ट फाईनान्स लिमिटेडको ११औं वार्षिक साधारण सभा यहि सम्पन्न भएको छ ।


नयाँ लगानीकर्ता समेतको सहभागितामा सम्पन्न भएको उक्त साधारण सभामा अर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन, प्रबन्ध पत्र तथा नियमावलीको संशोधन सँग सँगै पूँजी बृद्दी एवं कम्पनीको नाम परिर्वतन सम्बन्धी (प्रस्तावित सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेड) प्रस्तावहरु पारित भएको व्यहोरा कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत श्री गोपाल घिमिरेले जानकारी दिनुभयो । उक्त अवसरमा सभाका निर्णयहरु नियामक निकायहरुको स्विकृती पछि लागू हुने जानकारी गराइएको छ । 

कम्पनीको ११औं वार्षिक साधारण सभामा संचालक समितिको निर्वाचन सम्पन्न गर्दै श्री चन्द्र टण्डन र श्री सन्दिप शर्मालाई नयाँ संचालक सदस्यमा निर्वाचित गरेको छ ।

टण्डन संचालक पदमा निर्वाचित भएपछी शेयर सदस्यहरुको जिज्ञासा मेटाउने क्रममा संस्थालाई ३ देखि ४ वर्ष भित्रमा नाफाको अवस्थामा ल्याइने तथा सबै शेयर सदस्यहरुको राय एवं सुझाव लिई संस्थालाई एक प्रतिष्ठित वित्तिय संस्थाको रुपमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थामा पारदर्शिता तथा संस्थागत सुशासन जस्ता विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी चाँडै नै समस्याग्रस्त अवस्थाबाट मुक्त गराउने पनि जानकारी गराउनुभयो ।

साथै साधारण सभा सम्पन्न पश्चात बसेको संचालक समितीको २५० औं बैठकले श्री चन्द्र टण्डनलाई अध्यक्षमा चयन गरेको बारे कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत श्री गोपाल घिमिरेले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!