पैसा पठाउँदै हुनुहुन्छ ? दुबई, साउदी, कतार, मलेसिया लगायत देशको पैसाको भाउ आज कति ?

Posted on: 17 Oct, 2017

असोज ३१, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५४ पैसा र विक्रिदर २७ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५३ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १२ पैसा र विक्रिदर २८ रुपैयाँ २८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४९ पैसा र विक्रिदर २४ रुपैयाँ ६४ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १७ पैसा र विक्रिदर ९ रुपैयाँ २२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ०३ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ०१ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७३ रुपैयाँ ८० पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ३९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हेर्नुहोस् आजको बिदेशी विनिमय दररेट तालिका (यो तालिका नेपाल राष्ट्र बैंकको आधिकारिक तालिका हो ) 


यस बिषयमा तपाइको प्रतिक्रिया...!