चुन्नप्रसादलाई यसरी गरिन लक्ष्मीले वास, ४५ हजारले बनायो अर्वपति !

Posted on: 18 Oct, 2017

प्रेम सुनार | कात्तिक १, गुल्मी | हरेक वर्षको तिहार लक्ष्मीले वास गरुँन भनेर धुमधामसँग लक्ष्मी पुजा गरेर पनि मनाईन्छ । तर पुजा गरेर मात्रै लक्ष्मीले वास गर्दैनन् । निरन्तर संघर्ष र दिमागी खेलले नै लक्ष्मी आफै वास गर्न आउँछिन् । यहि उदाहरण दिएका छन एक समय गुल्मीमा सामन्य किराना पसले चुन्नप्रसाद पौड्यालले ।  यसपालिको तिहारमा लक्ष्मी पुजाको सन्धर्भ सामग्रीका रुपमा उनै पौड्यालको व्यवसायिक यात्रा, सघर्ष सफलताको कथा पस्कीदै छौ ।

माथीको तस्वीरमा: वायाँबाट क्रमशः दाजु चुन्नप्रसाद,  भाईहरु भुमिराज पौड्याल | 

शिक्षक पेशा हुँदै गुल्मीको चोरकाटे , रुपाकोट हुँदै शान्तिपुर सम्म  किराना पसल गर्ने चुन्नप्रसाद पौड्याल अहिले बुटवलमा पाहडिया  माडे भनेर चिनिन्छन् । अहिले रुपन्देहीका विभिन्न स्थानमा चार पाँच वटा फ्याक्ट्रीका मालिक रहेका पौड्याल पछिल्लो चरण लाली चाउँचाउ  र करेण्ट चाउचाउ बजारमा ल्याए देखि बढि चर्चामा छन् । सोना प्याकेजिङ फ्याक्ट्री , यशोदा फुड्स प्रा.लि., सोना पोलिमर्श, र त्रिमुर्ति ईन्डिष्ट्रजका मालिक रहेका पौड्यालका विभिन्न उत्पादनका नाम लिई साध्य छैन् ।

ट्याक्टर देखि चिल्लो कार सम्मको यात्रा

 पौड्याल भन्छन्–‘२०४२ साल देखि चोरकाटे, रुपाकोट र शान्तिपुरमा किराना पसल राख्दा मोटरबाटो सुविधा थिएन ।  निकै दुख गरेर पसल चलाईन्थ्यो । त्यस अघि शिक्षक थिएँ । पछि घरबाट ४५ हजार जुटाएर किराना पसल सुरु गरेको हुँ ।  २०५३ सालमा बुटवल झरेको हुँ । बुटवल झरे पछि गाउँमा होलसेल समानहरु सप्लाई गर्न थालियो । त्यस पछि उद्योग तर्फ हात हालियो । क्रमशः उद्योगहरुलाई बृद्धि गर्दै यहाँ सम्म आईएको हो ।’

उनका माईला भाई नरिश्वरले विगतको दुख र संघर्षलाई स्मरण गर्दै भने–‘ दाजुको यहाँ सम्म आउने सपनालाई साकार पार्न निकै दुख र संघर्ष गरेका थियौ, हामी हाम्रा दाजुलाई पथप्रदर्शक ठान्छौ र उहाँको सवै कुरा शिरोर्धा गर्छौ । कान्छा भाई भुमिराज पुराना दुखका दिन सम्झीदै भन्छन–‘ तानसेन देखि गाउँ सम्म जाने बाटो कच्ची थियो ट्याक्टरमा चढेर समानहरु धुवानी गर्दा निकै दुख पाईएको थियो । ट्याक्टर पछि मोटर साईकल चढे उनिहरु अहिले तिनै भाई वेग्ला बेग्लै चिल्ला कारमा सयल गर्छन् । कति अरवको लगानी होला ? भन्ने जिज्ञाषामा चुन्न प्रसादले भने–‘ ठ्याक्कै यति अरव त नभनि हालौं , अरवौंको लगानी छ भनौं । ’

तीनै भाईको अहिले पनि एउटै चुलो 

सम्पत्ती नहुनेलाई मात्र पैतृक सम्पत्तीका लागि भाई भाईमा तितो पिरो गर्नु पर्छ हुनेलाई त्यस्तो हुँदैन भन्ने उदाहरण दिएका छन् यि पौड्याल त्रिमुतीहरुले । सधै तिनै भाई मिलेर अरवौंको उद्योग धन्धा चलाएका छन् । उनिहरुले चाहे अलग अलग घर वंगला बनाएर वस्न सक्थे तर उनिहरु वुटवलको एउटै घरमा तिनै भाईका परिवार बस्छन् ।  उद्योगपतिमा हुने तामाझाम छैन ् ।

हिजो गाउँकै जस्तो साधा जिवनयापन छ । परिवारको कुनै सदस्यहरु  तितोपिरो छैन् । पिताको मृत्यु भयो । आमालाई सवै बुहारीहरुले सेवा गर्छन् । व्यस्त जिवनका वावजुद पनि गाउँबाट जाने जो कोहीलाई सहजै भेट दिन्छन ।  उनिहरुले कमाएको  केहि हिस्सा सामाजिक क्षेत्रमा लगाउँदै आएका छन् ।

७० लाख  बढि रकम श्रृङ्गेश्वर धामलाई

भैतिक रुपममा गुल्मी छाडे पनि रुपन्देही बसाई सराई गरेका गुल्मेलीले मनले गुल्मी छाडेका छैनन् । गुल्मी रुपन्देही सम्पर्क समाजको माध्यमद्धारा उनिहरु गुल्मीको धार्मिक, सामाजिक कार्यमा सधै जुटिरहेका छन् । समाजले गुल्मीको ऐतिहाँसिक धार्मिक क्षेत्र रेसुङ्गालाई टपक्कै टिपेर लगेका छ ।  रेसुङ्गाका् प्रतिमुर्ती स्वरुप समाजले  श्रृङ्गेश्वर धाम निर्माण गरेका छन् ।  त्यस श्रृङ्गेश्वर धाम भित्र पसे पछि रेसुङ्गाका सवै धार्मिक संरचना त्यहाँ लेख्न पाईन्छ । गाडीबाट एक्कासी ओर्लिदा गुल्मीको मानिस रेसुङ्गा नै आएँकी भनेर झुक्कीन बनाएका छन् । त्यस धाम निर्माणमा चुन्नप्रसा पौड्याले मात्रै ७० लाख भन्दा बढि रकमको भौतिक संरचना बनाई दिएका न् । प्रवचन हल र सुन्दर मन्दिर उनैले निर्माण गरी दिएका छन् ।

पुर्व सिडियो तथा समाजका संरक्षक टिकाराम घिमिरे भन्छन् यो धाम निर्माणमा चुन्नप्रसाद जि अग्रणी दाता हुनुहुन्छ । पौड्यालले दर्जनौ विद्यालयमा सहयोग गरेका छन भने  १४ वटा भन्दा बढि  मठ–मन्दिर  निर्माण समेत गरेका छन् । पौड्यालले भने अहिले हुँग्दीशिर बाग्लुङ्ग भए पनि २०३२ साल सम्म गुल्मी नै थियो । एक त मैले शान्तिपुर मै बसेर एसएलसी सम्म पढें । ब्यापारिक हेलमेल पनि गुल्मी संगै भयो  । मेरो अहिले पनि नजिकको सम्वन्ध गुल्मेलीहरु संगै छ । यसर्थ उहाँहरुले आँटेको काम लाई सघाउन ईच्चा जाहेर गरेको हुँ ।

माओवादीद्धारा विस्थापितहरु सवै शहरमा स्थापित

द्धन्द्धकालमा चुन्नप्रसाद पौड्याल पनि माओवादी पिडित ब्यक्ति हुन् । माओवादी कै कारण गुल्मीको व्यवसाय डावाडोल पारेर उनि  यहाँबाट विस्थापित हुनु परेको उनलाई नजिकबाट चिन्नेहरुले बताए । उनका पिता दुई दुई कार्यकाल सम्म प्रधानपञ्च रहेकोले पनि उनि माओवादीको तारो बन्दै आएका थिए । उति वेला माओवादीले विस्थापित गरेको उनिहरुलाई निकै फापेको छ ।

उनिहरु मात्र होईन द्धन्द्धकालमा माओवादीले विस्थापित गरेका सवै जनालाई निकै फापेको देखियो । द्धन्द्धकालमा विस्थापित भएर रुपन्देही पुगेकाहरुको विभिन्न व्यवसायी मौलाएको छ ।  ठुला ठुला घर र गाडी र सुविधा सम्पन्न भएर शहरमा स्थापित भएका छन् । तत्कालिन माओवादीद्धारा ‘फटाह’ र ‘जनता मारा’को विल्ला भिरेकाहरु अहिले विभिन्न राजनैतिक दलका प्रिय नेता र अन्य सामाजिक क्षेत्रमा प्रतिष्ठीत ब्यक्ति बनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!