पहिलो आर्थिक गणना वैशाखदेखि

Posted on: 12 Jan, 2018

 पुस २८ काठमाडौँ   केन्द्रीय तथ्यांक विभागले आगामी वैशाख १ गतेदेखि पहिलो पटक आर्थिक गणना गर्ने तयारी अगाडि बढाएको छ । 

विभागले चालु आव २०७४÷७५ को अन्त्यसम्म आर्थिक गणना पूरा गरी सार्वजनिक तयारी गरिएको विभागका महानिर्देशक सुमनराज अर्यालले राससलाई जानकारी दिनुभयो । तथ्यांक ऐन २०१५ को व्यवस्थानुसार सरकारका तर्फबाट तथ्यांक संकलन गर्दा सरोकार भएकाहरुलाई जानकारी दिनुपर्ने भएकाले आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘आर्थिक गणना’ गर्ने निर्णय गरेको थियो । 

गणनामा मुलुकभरका ७७ जिल्लाका ७५३ स्थानीय तहमा सञ्चालित आर्थिक क्रियाकलाप गर्ने सबै एकाइबाट तथ्यांक संकलन गरी त्यसको वास्तविक अवस्था पत्ता लगाइन्छ । (रासस)

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!