खुशीको खबर ! बुद्ध एयरले सुरु गर्नेभयो नयाँ उडान

Posted on: 14 Jan, 2018

पुस ३०, काठमाडौं । निजी क्षेत्रको हवाई सेवाप्रदायक बुध्द एयरले आउँदो वैशाख १ देखि पोखरा–नेपालगंज नियमित उडान गर्ने भएको छ ।

हाल काठमाडौंबाटमात्र उडान गरिररहेको बुद्धले २०७५ सालको नयाँ वर्षदेखि पोखराबाट पनि नेपालगंज दैनिक उडान गर्ने घोषण गरेको छ। पोखरा हब विमानस्थल बनाएर बुद्धले भरतपुर र भैरहवा उडान गरिरहेको छ । गाडीबाट १० देखि १२ घण्टा लाग्ने उक्त रुटमा हवाईसेवा सुरुभएपछि यात्रा छोटिने छ।


सर्वसाधारण यात्रुदेखि देशी विदेशी पाहुनाहरुलाई सहज हुने र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमणमा विदेशीहरुलाई सहज यात्रा होस भनेर उडान सुरु गर्न लागिउको बुद्ध एयरले जानकारी दिएको छ।

बुद्ध एयरले विशेषगरी पोखरा आएका पर्यटकलाई मानसरोबर जान सहज होस भन्ने उद्देश्यबाट उडान सुरु गर्न लागेको हो। भारतीयहरु पोखरा पनि आउन चाहने र मानसरोबर पनि जान चाहने तर गाडीको यात्रा लामोमात्र नभइ कष्टकर पनि भएकोले हवाई उडान सुरु योजना बुद्धले बनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै ह्यांगर भएको बुद्धसँग ७२ सिट भएका एटिआर७२–५०० सिरिजका चार, ४७ सिट क्षमतायुक्त एटिआर ४२–३२० तीन र १८ सिट भएक बिचक्राफ्ट–१९००डी सिरिजका दुइवटा गरी कूल नौं विमान रहेको छन्। अर्को एटिआर ७२–५०० विमान आउने क्रममा छ।

हाल बुद्धले काठाडौंबाट,विराटनगरबाट  र पोखराबाट दैनिक ४५ बढी उडान गरिरहेको छ। त्यस्तै  माउन्टेन,अन्नपुर्ण फ्लाइट पनि गर्छ भने भुटानको पारो र भारतको बनारसमा चार्टर उडान पनि गरिरहेको छ। 

सन् २०२० बाट एयरबस विमान खरिद गरेर अन्तर्राष्ट्रिय उडान सेवा विस्तार गर्ने योजनामा रहेको बुद्धले भारतको कोलकत्ता पनि उडान गर्ने घोषणा गरिसकेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!