मन्त्री बिष्टको गाउँमा बल्ल पुग्यो मोटरबाटो, स्थानीयमा खुशियाली

Posted on: 19 Apr, 2018

प्रेम सुनार | वैशाख ६, गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको गाउँ दोहली कोटकटेरीमा बुधवार मोटरबाटो पुगेको छ । 

हालको ईस्मा गाउँपालिका र साविको दोहली गाविसको कोटकटेरी गाउँ मन्त्री विष्टको छिमेकी गाउँ हो । जहाँ मोटरबाटो खन्न सुरु गरेको दश वर्षदेखि उक्त बाटो अलपत्र परेको थियो । एउटै गाउँबाट दुई दुई पटक आलोपालो दुई जना सांसद र मन्त्री समेत भईरहेको गाउँ दोहलीको त्यस गाउँमा मोटरबाटो नपुदा विपक्षीहरुले कुरा काट्दै आई रहेका वेला यसपाली सांसद विष्टको विशेष पहलमा उक्त बाटो सम्पन्न भएको जनाईएको छ ।

मन्त्री बिष्टको गाउँमा मोटरबाटो पुग्दा खुशियाली प्रेम सुनार गुल्मी, बैशाख–६ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको गाउँ दोहली कोटकटेरीमा बुधवार मोटरबाटो पुगेको छ । हालको ईस्मा गाउँपालिका र साविको दोहली गाविसको कोटकटेरी गाउँ मन्त्री विष्टको छिमेकी गाउँ हो । जहाँ मोटरबाटो खन्न सुरु गरेको दश वर्ष देखि उक्त बाटो अलपत्र परेको थियो । 

एउटै गाउँबाट दुई दुई पटक आलोपालो दुई जना सांसद र मन्त्री समेत भई रहेको गाउँ दोहलीको त्यस गाउँमा मोटरबाटो नपुदा विपक्षीहरुले कुरा काट्दै आई रहेका वेला यसपाली सांसद विष्टको विशेष पहलमा उक्त बाटो सम्पन्न भएको जनाईएको छ । २०६४ सालमा तत्कालिन माओवादीबाट साविको क्षेत्र नम्वर ३ बाट सभासदमा निर्वाचित चन्द्रबहादुर थापा ( सागर ) ले सुरु गरेको ढोका मुख खुँग कोटकटेरी मोटरबाटो खन्न सुरु गरेका थिए । उनले खुँग गाउँ सम्म खनेर छाडेको उक्त मोटरवाटो अलपत्र पर्दा कोटकटेरी गाउँका सयौं घरधुरी जनताले साविकको गाविस र हालको वडा कार्यालयको सेवा लिन र त्यहाँका वालवालिका स्कुल जान साढे तिन घण्टाको बाटो हिड्न बाध्य भएका थिए ।

यसपाली भने विजयी हाँसिल गरेको केहि महिना नवित्दै मन्त्री विष्टले उक्त अलपत्र सडक सम्पन्न गर्न कम्मर कसेर लागृपछि त्यस गाउँमा बुधवार देखि मोटरबाटो सुविधा पुगेको छ । मन्त्री विष्टले अहिले पनि हाम्रो समाजमा छोरीले प्रयाप्त शिक्षा पाउन नसकेको भन्दै उनिहरुलाई पढाउनमा अभिभावकहरुलाई जोड गरेका थिए । उपभोक्ता तथा त्यस वडाका निर्वाचित सदस्य भिमकान्त खनालले २०६४ साल पछि आफुहरु गाउँमा मोटरबाटो सुविधा लैजाने सपना पुरा भएकोले हर्षित भएको बताएका थिए । उनले त्यस मोटरबाटो बाट करिव २ सय घर धुरी लाभान्वित हुने जनाए । उनि सहित गाउँवासीले वाजा तालमा नाच गान गरी खुशीयाली मनाएका थिए ।

उद्घाटन समारोहमा त्यस प्रदेशका सांसद खड्ग केसी , पाल्पाका प्रदेश सांसद डाक्टर पुरन वज्रचार्य , गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा, ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण पराजुली लगायतको विशेष आतिथ्यता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!