१५ दिनभित्र कलंकी-महाराजगंज सडक सीमाभित्रका संरचना हटाउन निर्देशन

Posted on: 22 May, 2018

जेठ ८, काठमाडौँ | चक्रपथ सडक विस्तार आयोजनाले कलंकीदेखि महाराजगञ्जसम्मको सडक खण्ड विस्तारका लागि सडकसीमा क्षेत्रभित्रका संरचनाहरु हटाउने काम सुरु भएको छ । आयोजनाले १५ दिनभित्र सडक सीमामा पर्ने सबै संरचना हटाउन भन्दै सूचना जारी गरेको छ ।

सूचनामा सडक क्षेत्र मिचेर बनाइएका संरचना भत्काउन अटेर गरे सार्वजनिक सडक ऐनअनसार आफैंले हटाउने र त्यसबापत लागेको खर्च अशुल्ने चेतावनी दिइएको छ । कुल २७ दशमलव दुई किलोमिटरमध्ये उक्त खण्ड आठ दशमलव दुई किमि लम्बाइको छ । चीनले केही वर्षअघि नै रिंगरोडलाई तीन चरणमा विस्तार गर्ने प्रतिवद्धता जनाइसकेको थियो ।

चीनले केही महिनाअघि नै वाणिज्य मन्त्रालयले जुन २०१८ सम्ममा उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोलहरु हटाउन सडक विभागसँग लिखित आग्रह गरेको थियो । चक्रपथको कोटेश्वर-कलंकी खण्ड चीनले नै विस्तार गरिरहेको छ, जुन साढे नौ किमी लामो छ ।


कलंकी-महाराजगञ्ज खण्ड विस्तारको लागत निक्र्योल भइसकेको छैन । अब विद्युत् र टेलिफोनका पोलहरु हटाउन शुरु गरिने भएको छ । चक्रपथकै बाँकी महाराजगञ्ज-कोटेश्वर सडक विस्तारमा पनि चीनको चासो छ, जुन करिब नौ किमि लम्बाइको छ । पूरै चक्रपथ विस्तारमा सहयोग गर्न चीन यसअघि नै सहमत भइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको चैत ०७२मा भएको चीन भ्रमणका बेला चक्रपथका सबै खण्ड विस्तार सम्बन्धी सहमति भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!