१२ तश्विरमा हेर्नुहोस्: कलंकीको अन्डरपास अन्तिम चरणमा- डेढमहिना भीत्रै गुड्छ गाडी

Posted on: 25 May, 2018

अनिल अधिकारी | जेठ ११, काठमाडौ | काठमाडौँको कलंकीको जाम हटाउने दिर्घकालिन अन्डरपास निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।  अब अन्डरपासको लागि सितापाइला तर्फको केहि काम मात्र सम्पन्न हुन बाँकी छ । 

कलंकीमा निर्माणाधीन यो योजना अनुसार सडकको बीच भागमा अत्याधुनिक पुल छ भने अहिले अन्डरपास भित्री भाग खोलेर ढलान गर्ने काम पनि अन्तिम चरणमा छ । कलंकीको यो योजना निर्माणका कारण अहिले दैनिक जामको समस्या छ भने निर्माण पुरा भईसकेपछी बर्षौंदेखिको जाम अन्त्य हुने विश्वास गरिएको छ । सडक प्रयोगकर्ताले अबको एक/डेढ महिना भित्रै कलंकी चोकको यो योजना निर्माणबाट सहजता महसुस गर्न पाउने छन् ।

चीन सरकारले कलंकी चोकमा बनाईरहेको क्रस रोडको काम सकेसम्म छिटो सक्न दैनिक काम गरिरहेको छ । अहिले तीन तर्फी बाटो खुला भईसकेको भए पनि भित्री अन्डरपासमा ढलान जारी रहँदा सवारी जामको समस्या छ । अब अन्डरपास बने लगत्तै अन्डरपासको माध्यमबाट चार लेन सवारी गुड्ने हुँदा जाम हुनेछैन । 







यस बिषयमा तपाइको प्रतिक्रिया...!