चालु आवमा आर्थिक वृद्धिदर ५ दशमलब ९ प्रतिशत हुने सरकारी अनुमान

Posted on: 27 May, 2018

जेठ १३, काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ दशमलब ९ प्रतिशत पुग्ने अनुमान गरेको छ।

'विगत १० वर्षको आर्थिक वृद्धिदर ४ दशमलब ३ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा ५ दशमलब ९ प्रतिशत पुग्ने अनुमान गरिएको छ', ०७४/७५ को आर्थिक सर्वेक्षण स‌ंसद्‌मा पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले भने।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। '६० लाखभन्दा बढी मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेका छन्', अर्थमन्त्री खतिवडाले भने।

०७४ फागुन मसान्तमा देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको खतिवडाले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!