नेपाल इन्भेष्टमेण्ट बैंकको ७२ औ शाखा सल्यानको लान्तीमा

Posted on: 18 Jun, 2018

असार ४,काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले सल्यानको छत्रेश्वरी गाउँपालिका स्थित लान्तीमा ७२ औ शाखा विस्तार गरेको छ ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको बैँकले जनाएको छ । १२ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ६ स्थित लान्तीका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा बैँकले लिएको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गदै आएकोे छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । 

ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार ७ सय जनालाई रु.३ अर्ब ७६ करोड लगानी गरिएकोे नेपाल इन्भेष्टमेण्ट बैंकले जनाएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!