सनराइज बैकको रेमिट्यान्स सेवा अब भारतको एक्सिस बैंकबाट पनि

Posted on: 21 Jun, 2018

असार ७,काठमाडौं ।  सनराइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा भारतको एक्सिस बैंकसंग रेमिट्यान्स सम्बन्धी सम्झौता गरेको छ । यसबाट भारतमा बस्दै आएका नेपालीहरुले एक्सिस बैंकको कुनै पनि शाखाबाट नेपालमा सनराइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्नेछन् । 

एक्सिस बैंकको भारतमा ३३ सय भन्दा बढी शाखा संजाल छ । सनराइज बैंक लिमिटेड र एक्सिस बैंक बीच रेमिटेन्स सम्झौता संगैै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहीरुले सनराइज बैंकको ८८ वटा शाखा र ३ वटा एक्स्टेन्सन् काउन्टरबाट प्राप्त गर्न सक्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!