वाणिज्य बैंकले पनि ब्रोकर लाइसेन्स पाउने

Posted on: 11 Jul, 2018

असार २७, काठमाडौं । वाणिज्य बैंकले पनि  ब्रोकर लाइसेन्स पाउने भएका छन् ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७५।७६ को मौद्रिक नीति मार्फत छुट्टै सहायक कम्पनी खोली वाणिज्य बैंकले पनि  धितोपत्र कारोबार गर्नसक्ने व्यवस्था गरेको हो ।

धितोपत्र व्यवसायीको रुपमा कारोबार गर्न सम्बन्धीत वाणिज्य बैंकले अनुरोध गरेमा छुट्टै सहायक कम्पनी स्थापना गरी कारोबार गर्नसक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!