आज दुबई, कतार, मलेसिया र कोरिया लगाएतका देशहरुको पैसाको मुल्य कति छ ? हेर्नुहोस

Posted on: 23 Jul, 2018

साउन ७, काठमाडौं । आज नेपाल राष्ट्र बैंकले  तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रिदर २९ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ  ९१ पैसा र बिक्रिदर ३० रुपैयाँ ०७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा र बिक्रिदर २७ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ०९ पैसा छ भने बिक्रिदर ३ सय ६५ रुपैयाँ ०७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९१ रुपैयाँ ३५ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ९४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!