दोहोरो अङ्कले बढ्यो शेयर बजार

Posted on: 13 Aug, 2018

साउन २८, काठमाडौँ | लगातार घट्दै आएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४३ विन्दुले उकालो लागेर एक हजार १७४.३७ विन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२४ विन्दुले बढेर २४७.९४ बिन्दुमा पुगेको छ । 

आज कूल १५७ कम्पनीको पाँच लाख ३३ हजार ४९२ कित्ता शेयर रु १६ करोड ९६ लाख ६१ हजार ४३१ मा खरिद बिक्री भएको छ । आज होटल उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर भने बढेको छ । होटल समूह २.५ विन्दुले घट्दा बैंकिङ ७.५४, विकास बैंक १६.२२, जलविद्युत् ३.९८, वित्त २.३६, निर्जीवन बीमा ७५.५५, उत्पादन ४.५७, अन्य ६.९७, माइक्रोफाइनान्स १५.०२ र जीवन बीमा ११०.८५ विन्दुले बढेको छ । 

आज आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!