आजको बिदेशी मुद्राको विनिमयदर कुन देशको कति ?

Posted on: 20 Aug, 2018

भदौ ४, काठमाडौं । सोमबार रियाल, दिर्हाम र मलेसियन रिंगिटको मूल्य बढेको छैन् । कोरियन वन र दिनारको मूल्य भने केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २६ पैसा र बिक्रिदर २७ रुपैयाँ ४१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ र बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ०२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ९० पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ ५० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!