आज पनि घट्यो नेप्से, २२ करोडको कारोबार

Posted on: 20 Aug, 2018

भदौ ४, काठमाडौं । साताको दोस्रो दिन सोमबारपनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । साताको पहिलो दिन आइतबार १४.०३ अंकले घटेको नेप्से सोमबार ८.२२ अंकले घटेको हो । ०.६९ प्रतिशतले घट्दा नेप्से परिसूचक ११८८.०७ बिन्दुमा पुगेको छ ।

आज सेयर बजारमा १६० कम्पनीले कारोबार गरेका छन् । ६ लाख ३ हजार १ सय २ कित्ता सेयर किनबेच हुँदा २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेको एउटा मात्र सूचक हरियो देखिएको छ । उत्पादनमूलक समूह ११.१५ अंकले बढेको हो ।

बैंक ५.४२, होटल ५.१७, विकास बैंक १३.१२, जलविद्युत २३.६३, वित्तीय २.६९, निर्जीवन बीमा ५९.७४, अन्य ४.६८, माईक्रोफाइनान्स ११.६९, जीवन बीमा ७५.२ अंकले घटेका छन् ।

वल्र्ड मर्चेण्ड बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ५.२६ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, सिन्धु विकास बैंकका लगानीकर्ताले ९.३७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!