साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको मुल्य बढ्यो

Posted on: 18 Sep, 2018

असोज २, काठमाडौं । सोमबारको तुलनामा मंगलबार विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ र बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९६ पैसा र बिक्रिदर २८ रुपैयाँ ११ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २८ र बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ९७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३ सय ०८ रुपैयाँ ५१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हरेक दिनको विनिमय दर हेर्न तथा बैदेशिक रोजगारीको सबै जानकारी पाईराख्न ‘Baideshik Rojgar’ मोबाइल एप डाउनलोड गर्न सकिन्छ । यो एप यो लिंकमा क्लिक गरेर पनि डाउनलोड गर्न सक्नुहुनेछ >> https://play.google.com/store/apps/details?id=com.sajhajobsproject

यस बिषयमा तपाइको प्रतिक्रिया...!