आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on: 20 Sep, 2018

असोज ४, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७२ र बिक्रिदर ३१ रुपैयाँ ८८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रिदर २८ रुपैयाँ ०२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २९ र बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ३६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३ सय ०७ रुपैयाँ ९६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!