एनएमबी बैंकको नाफा तीन महिनामै आधा अर्ब नाघ्यो

Posted on: 16 Nov, 2018

कार्तिक ३० काठमाडौं । एनएमबि बैंकले चालू आवको पहिलो त्रैमासिकमा ५५ करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा गत आवको पहिलो त्रैमासभन्दा ९ करोड रुपैयाँ बढी नाफा गरेको देखिएको हो ।

वित्तीय विवरण अनुसार हाल बैंकको निक्षेप ८५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने कर्जा ८२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा निक्षेपमा १३ अर्ब ८० करोड तथा कर्जामा १९ अर्ब ३० करोड रुपैयाँ वृद्धि भएको हो । यस त्रैमासमा बचत निक्षेपमा २ अर्ब २४ करोड रुपैयाँले वृद्धि भएको छ ।

एनएमबि बैंकले विदेशी संस्था आइएफसीबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने पहिलो र हालसम्मकै एकमात्र बैंक हो । बैंकले गरेको उपलब्धीमा प्रतिसेयर आम्दानी रु. २६.६४ र प्रतिसेयर नेटवर्थ रु. १९९.७५  कायम राखेको हो ।

हाल एनएमबि बैंकले ११० वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ९७ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!