आजको विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (सुचिसहित)

Posted on: 21 Nov, 2018

मंसिर ५, काठमाडौं । हप्ताको चौथों दिन आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रिदर ३१ रुपैयाँ २१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २२ पैसा र बिक्रिदर २७ रुपैयाँ ३६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ र बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३ सय ७७ रुपैयाँ २५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ४२ पैसा र बिक्रिदर ३ सय ०४ रुपैयाँ ०१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!