इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

Posted on: 10 Dec, 2018

मङ्सिर २४, काठमाडौँ | नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी रु १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रहेको छ । 

उक्त चुक्ता शेयर पूँजीको १८ प्रतिशतले हुने रु एक अर्ब ९१ करोड ६२ लाख सात हजार ८२० शेयर लाभांश शेयरधनीलाई वितरण गर्न लागिएको हो । त्यस्तै उक्त चुक्ता पूँजीको २२ प्रतिशत अर्थात् रु दुई अर्ब ३४ करोड २० लाख ३१ हजार ७८० नगद लाभांश वितरण गर्न लागिएको हो । 

फरवार्ड कम्युनिटीको लाभांश ४५ प्रतिशत 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पनि आव २०७४/७५ को नाफाबाट २५ प्रतिशत लाभांश शेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । गत असार मसान्तसम्म सो कम्पनीको चुक्ता पूँजी रु ३० करोड एक लाख ६५ हजार ७०० कामय भएको छ । 

दुई कम्पनीको शेयर मूल्य समायोजन 

यस्तै नेपाल स्टक एक्सचेञ्जमा आज दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था र तिनाउ विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको हो । सूर्योदय लघुवित्तले ४२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेसँगै प्रतिकित्ता एक हजार एक रुपैयाँमा शेयर मूल्य समायोजन गरेको हो । सो कम्पनीको औसत आधारमूल्य रु ८७९ रहेको छ । 

त्यस्तै तिनाउ विकास बैंकको १२ प्रतिशत लाभांश शेयरपश्चात् प्रतिकित्ता रु १५७ शेयर मूल्य रहने गरी समायोजन गरिएको छ । सो बैंकको औसत आधारमूल्य रु २३४ रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!