सुनको मुल्य घट्यो !

Posted on: 13 Dec, 2018

मङ्सिर २७, काठमाडौं | बिहीबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको  छ ।

चाँदी भने प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँ कायम थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!