साउदी, कतार, युएई, मलेसिया लगाएत अन्य देशहरुको पैसाको मुल्य बढ्यो (हेर्नुहोस् सुचिसहित)

Posted on: 13 Dec, 2018

मंसिर २७, काठमाडौं । आज रियाल, रिंगिट, दिर्हाम, वन, दिनार लगायतका विदेशी मुद्राको भाउ  केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहिका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा र बिक्रिदर २७ रुपैयाँ ६० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रिदर १० रुपैयाँ २३ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर ३ सय ७९ रुपैयाँ ५८ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०४ रुपैयाँ ८४ पैसा र बिक्रिदर ३ सय ६ रुपैयाँ ४३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!