विजय शान्ति सहकारीको १०औँ साधारणसभा सम्पन्न

Posted on: 11 Jan, 2019

पुस २७, काठमाडौँ । विजय शान्ति बचत तथा ऋण सहकारी संस्था लि ले आर्थिक वर्षं २०७४-७५ मा ७ करोड ४२ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

आज यहाँ सम्पन्न सो संस्थाको दशौं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष जयन्द्रमान सिंह बनियाले संस्थाको आब २०७४-७५ मा कुल सदस्य बचत रु ८ करोड ३० लाख ३८ हजार रहेको जानकारी दिनुभयो । 

अध्यक्ष बनियाले यस आर्थिक वर्ष एउटा कर्जामा मुद्दा परेको र अर्का कर्जा समयमा नवीकरण नभएका कारण कर्जा वर्गीकरण तथा जोखिम कोष हिसाबमा ३९ लाख रुपैयाँ व्यवस्था गर्नुपरेको जानकारी दिँदै दुबै कर्जाको धन जमानी भएको हुँदा अर्को वर्षभित्र अशुल उपर हुने विश्वास व्यक्त गर्नुभयो । आगामी दिन सामूहिक लगानीलाई प्रोत्साहन गर्ने, संस्थाको विकासका लागि कार्यरत शुभचिन्तकहरुलाई सदस्यता प्रदान गर्ने र स्वरोजगारलाई प्रवद्र्धन गर्ने नीति संस्थाले अख्तियार गरेको छ । 

संस्थाले आर्थिक वर्ष २०७५-७६ भित्र शेयर पूँजी एक करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । संस्थाका कोषाध्यक्ष पूर्णरत्न बज्राचार्यले यही आवमा संस्थाको कुल अनुमानित आय एक करोड ५७ लाख रुपैयाँ हुने प्रक्षेपण गर्नुभयो । साधारण सभामा मदन बहादुर तुलाधर र रत्ना शाक्यलाई शेयरधनीको रुपमा प्रवेश गराइएको घोषणा गरिएको थियो । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!