सुनको मूल्य बढ्यो !

Posted on: 23 Jan, 2019

माघ ९, काठमाडौं | बुधबार सुनको मूल्य बढेको छ |

मंगलबार प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार तोलामा २ सय रुपैयाँले बढेर ६० हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ ।

तेजावी सुन भने प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!