वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स बढ्यो

Posted on: 14 Feb, 2019

फागुन २, काठमाण्डौ | चालु आर्थिक वर्षको ६ महिनामा विदेश जाने घटे पनि रेमिट्यान्स भने बढेको छ । साउनदेखि पुससम्ममा ४ खर्ब ४३ अर्ब ३६ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैककाअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ३० दशमलब २ प्रतिशतले रेमिट्यान्स बढेको हो । रेमिट्यान्स बढे पनि यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ ।

साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३९ दशमलब १ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यसै अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या १ दशमलब ८ प्रतिशतले घटेको थियो । 

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मलेसिया जाने नेपालीको संख्या उल्लेख्य घटेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!