सुनको भाउ ५ वर्ष यताकै महँगो ! आज कति पुग्यो ? हेर्नुहोस्

Posted on: 20 Feb, 2019

फागुन ८, काठमाण्डौ । सुनको मुल्यले ५ वर्षयताकै महँगो भएको छ । 

छापावाला सुन आज प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो स्थिर रहँदै ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको हो । 

यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटेर तोलाको ४७ हजार रुपैयाँसम्म झरेको सुनको भाउ केही महिनादेखि बढेर आज २०७० साल भदौ १२ गतेकै मूल्य पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अहिलेको अवस्था हेर्दा सुनको भाउले नयाँ रेकर्ड बनाउने पनि महासंघले जनाएको छ । 

त्यस्तै तेजावी सुन आज प्रतितोला ६३ हजारमा कारोबार भइरहेको छ । चाँदी भने आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!