“सनराइज बैंक लिमिटेडद्वारा एतिहासिक बाजं पाटी पुर्णनिर्माणको लागि सहयोग”

Posted on: 15 Apr, 2019

बैशाख २, काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा खोकनाको रुद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि रु १० लाख सहयोग गरेको छ । 

सोमबार एक कार्यक्रमका बीच खोकनाको रुद्रायणी मन्दिरमा रहेको बाजं पाटीमा अतिथिका रुपमा ललितपुर क्षेत्र नं ३ का माननीय सासंद श्री पम्फा भुसाल, श्री जीवन खड्का, श्री राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख श्री चिरीबाबु महर्जनज्यूको उपस्थिति रहेको थियो । 

उक्त समारोहमा बैंकका संचालक समितिका सदस्य श्री ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक श्रीमती आशा राणा अधिकारी, लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 


नँया वर्ष २०७६, सालको शुभकामना आदान प्रदानको क्रममा बाजं पाटी पुर्णनिर्माणका निम्ति सामाजिक उत्तरदायित्व अन्त्तर्गत सन्राइज बैंक लिमिटेडद्घारा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!