अर्थमन्त्रीले भने 'बीमा कम्पनीको संख्यामा होइन, गुणस्तरमा ध्यान दिनुपर्यो'

Posted on: 15 May, 2019

जेठ १, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुलाई संख्यात्मक भन्दा गुणात्मक रुपमा अगाडी बढ्न सुझाव दिएका छन् । बीमा समितिको ५१ औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार संबोधन गर्दै अर्थमन्त्री खतिवडाले विमा कम्पनीलाई मर्जरमा गएर काम गर्न सुझाब दिएका हुन् ।


‘संख्यामा होइन, गुणस्तरमा ध्यान दिनुपर्यो, संख्या धेरै हुँदा केही पनि हुँदैन भन्ने बैंकिङ क्षेत्रबाट देखियो,’अर्थमन्त्री खतिवडाले भने, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गएर सुदृढ र सबल भएका छन्, बीमामा पनि संख्या बढी भयो । मर्जरमा गएर सुदृढ र सबल बन्नु आवश्यक छ ।’

बैंक र बीमा कम्पनीले प्याकेजिङ गरेको भन्दै खतिवडाले त्यसो नगर्न कडा चेतावनी दिएका छन्  । ‘बैंक र बीमा कम्पनीले प्याकेजिङ बढी गरे अर्थमन्त्री खतिवडाले भने "हाम्रो आँखा चारैतिर घुमेका छन्, आगामी दिनमा प्याकेजिङ गर्ने काम बन्द गर्नू  ।"

अरुको सुरक्षा गर्दा आफू कति सुरक्षित छु भनेर हेर्नुपर्छ उनले भने "बीमा कम्पनीको प्रणालीगत र संस्थागत जोखिम न्यूनिकरणमा बीमा समितिले ध्यान दिनुपर्छ ।" बीमा क्षेत्रमा बचत बढेकोमा खुसि व्यक्त गर्दै खतिवडाले बचत भएको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!