प्रधानमन्त्री रोजगार कार्यक्रम झार उखेल्न देखि बाँदर लखेट्न मै !

Posted on: 17 Jun, 2019

असार २, काठमाडौँ | सरकारले बेरोजगारी समस्या हटाउने  भनेर यस वर्षबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम झार  उखेल्न,सडकका पशु चैपाया हटाउनमै  प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन भइरहेको छ |

बेरोजगारी हटाउने उद्देश्यले सरकारले ल्याएको यो कार्यक्रम बाट कुन वर्ग लाभान्वित भइरहेको छ र कसरी कार्यान्वयन भएको छ भन्ने प्रस्ट भएको छ  । सरकारले गत फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको  घोषणा गरेको थियो । चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ छुट्याइएको कार्यक्रममा आगामी वर्ष दुई अर्ब थपेर ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

तर, चालु आर्थिक वर्षमा छुट्याइएको बजेट नै सदुपयोग हुन सकेको छैन । बाँदर लखेट्नेदेखि झार उखेल्नेजस्ता काममा सरकारी ढुकुटी खर्च गरिएको छ ।

हातमा बेल्चा समाउँदै हेलमेट र राता टल्कने ज्याकेट लगाएर झार उखेलिरहेका तस्वीरहरु यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’छन् । गोरेटो बाटो बनाउन स्थानीय तहले यही कार्यक्रम अन्तर्गतको बजेट खर्च गरेको भन्दै आलोचना पनि भएको छ । जनश्रमदानबाट हुने कामहरुमा पनि सरकारले राज्यकोषबाट खर्च गरेको छ ।

चालु आर्थिक वर्षको अन्तिम महिनामा यो कार्यक्रमका लागि अधिकांश गाउँपालिकाहरुले भर्खर कार्यक्रम छनोट गर्दैछन् । तर, अधिकांश स्थानीय तहका कार्यक्रम एकैखालका छन् । विशेष गरी सडकका योजनामा कार्यक्रम केन्द्रित छन् । सडक मर्मत गर्ने, नाला बनाउने, ढुंगा बिछ्याउने लगायतको कामलाई धेरै स्थानीय तहले यो कार्यक्रमभित्र समेटेका छन्, र बेरोजगारको सुचीमा दर्ता भएका थोरै व्यक्तिलाई रोजगारी दिइएको छ ।

कुलो मर्मत गर्ने, मठमन्दिर र सामुदायिक भवन तथा सार्वजनिकस्थल सरसफाइ गर्ने बाँदर लखेट्ने कामका लागि पनि यो बजेट खर्च हुँदैछ । ढल सफा गर्ने , फोहोर फाल्ने झार उखेल्ने सडक सफा गर्ने,पशु चैपाया लखेट्ने  काममा  स्थानीयलाई रोजगारी भन्दै खर्च गरिरहेका छन्  | 




यस बिषयमा तपाइको प्रतिक्रिया...!