आज अमेरिकी डलरसँगै मलेसिया, कोरिया र जापानको भाउ बढ्यो - कतार, युएई र साउदीको घट्यो

Posted on: 22 Jun, 2019

असार ७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मिति २०७६ असार ७ गते सनिबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११०.९९ नेपाली रुपयाँ रहेको छ भने बिक्रि दर १११.५९ नेपाली रुपयाँ रहेको छ । हिजो एक अमेरिकी डलरको खरिददर ११०.८१ नेपाली रुपयाँ रहेको थियो भने बिक्रि दर १११.४१ नेपाली रुपयाँ रहेको थियो । हिजोको तुलनामा आज १८ पैसाले बढेको छ । 

हामीले नेपालीहरु बढी रहेका बिभिन्न देशलाई महत्व दिएर बिदेशी विनिमय दरको साप्ताहिक सहित हिजो/आजको तुलनात्मक विनिमय दरको अपडेट गर्ने गरेका छौं । बिशेष गरि मलेसिया, कतार, युएई,साउदी अरव, कोरिया र जापानको मुद्राको विनिमय दर बारे तपाइले तुलनात्मक जानकारी प्राप्त गर्न सक्नुहुनेछ । 

मलेसिया 

आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली २६.७५ रुपयाँ र बिक्रीदर नेपाली २६.८९ रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई हेर्ने हो भने हिजो १ रिंगिट बराबर नेपाली २६.७१ रुपयाँ र बिक्रीदर नेपाली २६.८६ रुपयाँ रहेको थियो । 

अघिल्लो साता (आजकै दिन) मलेसियाको पैसाको खरिद दर १ रिंगिट बराबर २६.७३ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज मलेसियाको पैसाको भाउ २ पैसाले मात्र बढेको हो । 

कतार

आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली ३०.४८ रुपयाँ र बिक्रीदर नेपाली ३०.६५ रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ कतारी रियाल बराबर नेपाली ३०.४३ रुपयाँ र बिक्रीदर नेपाली ३०.६० रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा कतारको पैसाको भाउ आज बढेको देखिन्छ । 

अघिल्लो साता (आजकै दिन) १ कतारी रियालको खरिद दर नेपालीमा ३०.५९ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कतारको पैसाको भाउ ११ पैसाले घटेको हो । 

युएई 

आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली ३०.२२ रुपयाँ र बिक्रीदर नेपाली ३०.३८ रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ युएई दिराम बराबर नेपाली ३०.१७ रुपयाँ र बिक्रीदर नेपाली ३०.३३ रुपयाँ रहेको थियो । 

अघिल्लो साता (आजकै दिन) युएईको पैसाको खरिद दर १ दिराम बराबर ३०.३२ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज युएईको पैसाको भाउ १० पैसाले घटेको देखिन्छ । 

साउदी अरव

आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली २९.५९ रुपयाँ र बिक्रीदर नेपाली २९.७५ रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ युएई दिराम बराबर नेपाली २९.५५ रुपयाँ र बिक्रीदर नेपाली २९.७१ रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा साउदीअरवको पैसाको भाउ आज ४ पैसाले बढेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) साउदीको पैसाको खरिद दर १ रियाल बराबर २९.७० रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज साउदी अरवको पैसाको भाउ ११ पैसाले घटेको देखिन्छ । 

साउथ कोरिया

आज साउथ कोरियाको पैसाको खरिददर १०० वन बराबर नेपाली ९.५६ रुपयाँ र बिक्रीदर नेपाली ९.६१ रुपयाँ रहेको छ ।

अघिल्लो साता (आजकै दिन) साउथ कोरियाको पैसाको खरिद दर १०० वन बराबर ९.४० रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज दक्षिण कोरियाको पैसाकोको भाउ १६ पैसाले बढेको देखिन्छ । 

जापान

आज जापानको पैसाको खरिददर १ एन बराबर नेपाली १०.३२ रुपयाँ र बिक्रीदर नेपाली १०.३८ रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १० जापनिज एन बराबर नेपाली १०.२८ रुपयाँ र बिक्रीदर नेपाली १०.३४ रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा जापानको पैसाको भाउ आज ४ पैसाले बढेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) जापानको पैसाको खरिद दर १० एन बराबर १०.२९ रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज जापानको पैसाकोको भाउ ३ पैसाले बढेको देखिन्छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । 

आजको विनिमय दर पुरा हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!