क्रेडिट कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिने

Posted on: 15 Aug, 2019

साउन ३०, काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्न सक्ने व्यवस्था गरेको छ ।  ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड र कार्ड कसरी पाउने भन्ने सम्बन्धी अनलाइन प्रणालीको माध्यमबाट नै पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ।  बैंकलेअत्याधुनिक प्रविधियुक्त्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवाप्रदानगर्दै आइरहेको छ । बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइनलगायतकामुलुकबाटरेमिट्यान्ससेवासमेत प्रदानगर्दै आइरहेको छ ।

बैंकले १४०शाखा, १४८ एटिएम, ३० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८१ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरु माझ सेवाप्रदान गर्दैआइरहेको छ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!