मेगा बैंकद्वारा स्वयम्भूस्थित यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर शुरु

Posted on: 19 Aug, 2019

भदौ २, काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भू ठूलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।


मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्‍याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ ।

एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ ।

अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!