त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिजनेश क्लास लाउन्ज बन्ने

Posted on: 16 Sep, 2019

भदौ ३०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिजनेश क्लासका यात्रुहरूका लागि विशिष्ट लाउन्ज बन्ने भएको छ | विश्वव्यापी प्रचलनअनुसार बिजनेश क्लास यात्रुहरुका लागि छुट्टै लाउन्ज बनाउन लागिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ |

विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा विशेषगरी अध्यागमन कक्षमा बिजनेश क्लासका लागि छुट्टै काउन्टर बनाइने छ। त्यस्तै आराम कक्ष पनि बनाउने तयारी कार्यालयको छ | तर विमानस्थल कार्यालयले त्यसका लागि भौतिक पूर्वाधारमात्र बनाइदिने छ। अध्यागमन काउन्टरमा जनशक्तिको व्यवस्थापन भने सम्बन्धित कार्यालयले नै गर्नुपर्ने छ।

हाल बिजनेश क्लासका यात्रु पनि इकनोमी क्लासका यात्रुसँगै लाइनमा बस्नुपर्छ। यसरी बन्ने डेडिकेटेट काउन्टर डिपार्चर र अराइभल दुवै कक्षमा बन्ने छ। विमानस्थल कार्यालयले यो काम अबको ६ महिनाभित्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!