उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारको आग्रह

Posted on: 16 Sep, 2019

भदौ ३०, काठमाडौँ | नेपाल सरकारले उत्तर कोरियालाई लगानी फिर्ता लैजान निर्देशन दिएको छ | संयुक्त राष्ट्र सङ्घ (युएन) ले आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल सरकारले उत्तर कोरियालाई नेपालमा गरेको लगानी फिर्ता लैजान निर्देशन दिएको उद्योग विभागका निर्देशन प्रेम प्रसाद लुइँटेलले जानकारी दिए।

निर्देशक लुइँटेलका अनुसार  लगानी फिर्ता लैजान परराष्ट्र मन्त्रालयले अक्टुबर सम्मको समय दिएको छ | उत्तर कोरियाले नेपालमा ९ वटा उद्योगमा लगानी गरेको छ। ती सफ्टवेय् निमार्ण, होटल रेष्टुँरेन्ट र अस्पताल। ती उद्योग करिब ५ देखि ७ लाख पुँजिको रहेको विभागले जानकारी दिएको छ |

विभागले असोज महिना देखिनै उत्तर कोरियालीलाई भिसा नथपेको उनले जानकारी दिए। यो सँगै उत्तर कोरियाली नागरिकका लागि नेपालमा लगानीको बाटो बन्द भएको छ। अब उत्तर कोरियाली नागरिकले नयाँ उद्योगका लागि निवेदन दिन पाउँने छैनन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!