नेपाल टेलिकमले ल्यायो यस्तो सुबिधा, अब १३ वटा देशबाट डाटा रोमिङ सेवा सुरु

Posted on: 19 Sep, 2019

असोज २, काठडमाडौं | दुरसंचार सेवा प्र्दाएक कम्पनि नेपाल टेलिकमले गत भाद्र २० देखिबाट छिमेकी दुइवटा मुलुकबाट डाटा रोमिङ सेवा सुचारु गरेको थियो | अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार गरिएको छ । संविधान दिवसको अवसरमा भोलि २०७६ असोज ३ गतेदेखि यी मुलुकहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराइने छ |

त्यस अनुरुप कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउनमा सहयोग पुग्ने बिश्वाश गरिएको छ | 

तत्काल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुकालागी उक्त सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ |

थप जानकारीका लागि https://www.ntc.net.np/pages/view/intl-roaming-data यो बेवसाईटमा हेर्न सकिने छ |

 बिगत केहि समय बाटआफ्ना पोस्टपेड ग्राहकलाई तार्केट गरेर नेपाल टेलिकमले ८७ मुलुकका १९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ । गत २०७६ बैशाख १६ बाट जीएसएम पि्रपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराइएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!