श्रम मन्त्रालयद्वारा रोजगार संयोजकले तलब नपाएको गुनासो सम्बोधन स्थानीय तहलाई निर्देशन

Posted on: 16 Oct, 2019

असोज २९, काठमाडौं | श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको बढेको तलब नपाएको भन्ने गुनासो सम्बोधन गर्नका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको छ। 

सरकारले चालु आर्थिक वर्षबाट राष्ट्रसेवक कर्मचारीको तलब बढाएको थियो तर सो अनुरुप रोजगार संयोजकले तलब नपाएको गुनासो आएपछि मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ। रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धि मापदण्ड, २०७५ को दफा २२ मा रोजगार संयोजकको तलब भत्ता सम्बन्धि स्फ्ष्ट व्यवस्था गरिएको भन्दै सोहि अनुरुप गर्न/गराउन सबै स्थानीय तहलाई श्रम मन्त्रालयले परिपत्र गरेको जनाइएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हरेक स्थानीय तहमा एक/एक जना रोजगार संयोजकले काम गर्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!