एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, निर्वाचन समितिले केहीबेरमा नतिजा सार्वजनिक गर्दै

Posted on: 18 Oct, 2019

कात्तिक १, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।


पन्तले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गरि विजयी भएको जनाइएको छ। जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्। नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मत गणना सकिएसंगै निर्वाचन समितिले नतिजा सार्वजनिक गर्न लागेको जनाइएको छ। मत गणना सकिए पनि औपचारिक घोषणा भने बाँकी छ। 

अध्यक्षमा निर्वाचित भएका पन्तले मत परिणाम केहिबेरमा सार्वजनिक हुने भन्दै सबै जनालाई उपस्थित हुन भनेका छन्। निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो। निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका थिए । आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन भएका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!