भारतको तीन किलोमिटर सडकमा चाँदीको बर्षा, नेपालबाट पुगेको हुनसक्ने

Posted on: 08 Nov, 2019

कार्तिक २२, एजेन्सी | भारतको तीन किलोमिटर सडक क्षेत्रमा चाँदी बर्सिएको छ | सीतामढी जिल्लास्थित सुरसन्डको ग्रामिण इलाकास्थित तीन किलोमिटर सडकखण्डमा चाँदी वर्षिएको हो | चादी छरीए पछि सडकमा मानिसहरुको बुधबार बिहानै चहलपहल सुरु भएको हो | स-साना  टुक्रा टिप्नका लागि मानिसहरु सडकमा जामा भए | उक्त चाँदी परीक्षणका क्रममा शुद्ध पाइएको छ |

यति धेरै चादी सडकमा भेटिए पछि स्थानीय प्रशासनले समेत छानबिन अघि बढाएको छ | भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मंगलबार राति नै सडकमा चाँदी भेटिएको थियो | राति देखीनै मानिसहरु  चाँदी  टिप्नका लागि सडकमै थिए |


स्थानीयले सडकमा कुल ५० किलोभन्दा बढी चाँदी फेला पारेको बताइन्छ । सडकमा खोज्नेहरुले प्रतिव्यक्ति १०० ग्रामदेखि दुई किलोसम्म चाँदी बटुलेको चर्चा छ | सडकमा यतिधेरै चाँदी कहाँबाट आयो भन्नेबारे प्रष्ट हुन सकेको छैन । स्थानियले बताइए अनुसार नेपालबाट तस्करहरुले ल्याएको चाँदी सडकमा छरिएको हुन सक्छ | बोरामा हालेर ल्याएको चाँदी चुहिएर सडकमा छरिएको हुन सक्नेमा स्थानीय प्रशासन पनि सहमत देखिन्छ ।नेपालको धनुषा र महोत्तरी जिल्लाबाट सुरसन्डमा व्यापारिक कारोबार हुने गरेको छ | नेपालका यिनै दुई जिल्ला हुँदै तस्करहरुसमेत सुरसन्डबाट भारतीय सामान ल्याउने तथा नेपालबाट सुन–चाँदी लगायतका सामान तस्करी गर्दै आएका छन् |

तस्करहरुले राति मोटरसाइकलमा सामान तस्करी गर्दै आएका छन् | नेपालबाट तस्करी गरी ल्याइएको चाँदीको बोरा चुहिएर सडकमा छरिएको हुन सक्ने सुरसन्डका बासिन्दा बताउँछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!