ग्लोबल आइएमई बैंकले शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने

Posted on: 19 Nov, 2019

मंसिर ३, काठमाडौँ । ग्लोबल आइएमई बैंकले शेयरधनीहरुलाई २५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार सम्पन्न १३ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १२.७५ प्रतिशत बोनस शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको हो ।


बैंकले गत वर्षमा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनश शेयर वितरण पश्चात बैंकको चुक्तापुँजी ११ अर्व ७६ करोड रुपैयाँ पुग्नेछ । साधारण सभाले बैंकको अधिकृत पूँजी रु.१६ अर्बलाई बृद्धि गरी रु.२५ अर्ब कायमगर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । 

 साथै, साधारण सभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैक समक्ष अन्तिम स्वीकृती प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी गरेका छन् ।

साधारण सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मंसिर महिना भित्र एकीकृत कारोबार सुरुगर्ने योजना रहेको बताए । मर्जरपछि ग्लोबल आइएमई देशकै सबै भन्दा ठूलो र सबल बैंक बन्ने बताउँदै, उनले शेयरधनीको आकांक्षा अनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्क सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । 

यी दुई बैंकले गतअसार २० गते मर्जरका लागिप्रारम्भिक सहमती गरेका थिए भने कार्तिक ८ गते मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुरामकुँवर क्षेत्री र वरिष्ठ नायवकार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ । 

मर्जर पछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्तापुँजीकरिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १०अर्ब भन्दा बढी र कुलकर्जा लगानीकरिब २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकमा  ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर ३ वटा बैदेशिक सम्पर्क कार्यालय र करिब २० लाखग्राहक संख्या रहने छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!