सिम्रिक एयरले नेपालमै पहिलोपटक बेलको जेट रेन्जर हेलिकप्टर ल्याउँने

Posted on: 02 Dec, 2019

मंसिर १६, काठमाडौँ | नेपालमै पहिलोपटक हेलिकप्टर सेवाप्रदायक सिम्रिक एयरले बेलको जेट रेन्जर हेलिकप्टर ल्याउने भएको छ | कम्पनीका महाप्रबन्धक प्रेम थापाका अनुसार अमेरिकन/क्यानेडियन कम्पनीको उत्पादन बेलको नयाँ सिरिजको हेलकप्टर सिम्रिकले ल्याउने तयारी गरेको हो |

अहिले चारवटा एयरबसका हेलिकप्टर छन् भने एउटा बेलकै छ | नयाँ दुई आएपछि सात पुग्ने छन् | नयाँ आउने हेलिकप्टर उच्च हिमाली क्षेत्रमा उड्न अझ सहज हुने र मेडिकल रेस्क्युका लागि पनि अनुकुल हुने थापाको विश्वास छ |

बेलका यी नयाँ हेलिकप्टरमा समथर सिट हुन्छन् जसका कारण स्ट्रेचर राख्न सहज हुने र यसले गर्दा मेडिकल रेस्क्युमा अझ सहज हुने उनले बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!