काठमाडौंमा आज दिनभर विद्युत कटौती हुने, कुन-कुन स्थानमा हुदैछ ?

Posted on: 06 Dec, 2019

मंसिर २०, काठमाडौं | काठमाडौं उपत्यकाको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत कटौती हुने भएको छ  | 

नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्जका अनुसार चक्रपथ विस्तारका लागि नेपाल वन निगमले शुक्रबार रूख कटानको तयारी गरेपछि  यहाँबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुन लागेको हो |शुक्रबार बिहान १० बजदेखि बेलुका ५ बजेसम्म  चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, धुम्बाराहीलगायत स्थानमा विद्युत् आपूर्ति बन्द हुनेछ |

चक्रपथक्षेत्रको सडक विस्तार कार्य अघि बढे संगै सडक किनारामा रहेका रूखहरू काट्ने, विद्युत्का पोल हटाउनेलगायतका काम भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!