४० हजार घुस लिँदालिँदै इन्स्पेक्टर पक्राउ

Posted on: 11 Dec, 2019

मंसिर २५, काठमाडौँ | अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी निरीक्षक जयनेपाल थापालाई पक्राउ गरेको छ | आयोगको टोलीले  निरीक्षक थापालाई बुधबार ४० हजार रुपैयाँ घुससहित खुमलटारबाट पक्राउ गरेको हो |

प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनी सेवाग्राहीलाई ठगी मुद्दा मिलाइदिन्छु भन्दै घुस लिँदालिँदै पक्राउ परेका हुन् | थापा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत् थिए | 

उनलाई सागको  सुरक्षाका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा खटाइएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!