हुवावेले सार्वजनिक गर्यो नयाँ स्मार्ट फोन, यस्तो छ मूल्य र फिचर्स

Posted on: 16 Dec, 2019

मंसिर ३०, काठमाडौँ | हुवावे नेपालमा दुइवटा स्मार्ट फोन सार्वजनिक गरेको छ | आइतबार कम्पनीले कम्पनीले २ वटा स्मार्ट फोन  र स्मार्ट घडी, ब्लुतुथ इयर फोन ल्याएको हो | ति मध्ये एउटा मेट ३० प्रो हो भने अर्को वाईनाइन एस हो |


मेट ३० प्रो यो फ्ल्यागसिप स्मार्टफोन | यस फोनमा किरिन ९९० एसओसी छ भने ७ एनएम र इयूभी प्रोसेसको प्रयोग भएको छ | यसमा ४० एमपी सिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामरा, ८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित छ | यसको मूल्य १,२९,९०० रहेको छ |


त्यस्तै अर्को स्मार्ट फोन हो वाईनाइन एस | अटो पपअप क्यामरा भएको यो स्मार्टफोन चर्चित वाइ नाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन हो | आधुनिक र आकर्षित डिजाइन तथा अल्ट्रा वाइड एंगल ४८ एमपी एआई ट्रिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन यसमा छ भने यसको मूल्य भने सार्वजनिक भएको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!