एटीएमबाट निकाल्न पाउने रकम बढ्यो, कति निकाल्न मिल्छ एकपटक ?

Posted on: 03 Jan, 2020

पुस १८, काठमाडौँ | अब एटीएम कार्ड प्रयोग गरी एक पटक २५ हजार रुपैयाँ निकाल्न पाइने भएको छ | नेपाल राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गरी निकाल्न पाउने रकमको सीमा ५ हजार रुपैयाँले बढाएको हो | यस अघि एक पटकमा २० हजार रुपैयाँ मात्रै निकाल्न पाइने व्यवस्था थियो | एक दिनमा एकलाख १ लाख रुपैयाँसम्म निकाल्न पाइनेछ |

बिभिन्न ह्याकरहरुले बैंकको एटीएम प्रयोग गरी करोडौं रुपैयाँ लुटपाट गरेपछि राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको थियो | बिहिबार राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो |

एटीएमबाट कम रकम निकाल्न पाउने  व्यवस्थाले ग्राहकलाई असुविधा पुगेकोले अहिले बढी निकान पाइने बनाएको भुक्तानी प्रणाली विभागले जनाएको छ | राष्ट्र बैंकको निर्देशिका अनुसार प्रिपेड कार्डबाट न्यूनतम ५ सय र अधिकतम प्रतिकारोबार २५ हजार रुपैयाँसम्म निकाल्न मिल्छ |

यस्तै डेबिट कार्डबाट प्रतिकारोबार न्यूनतम ५ सय र अधिकतम २५ हजार रुपैयाँ निकाल्न मिल्छ भने एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न मिल्छ | यसअघि एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न मिल्थ्यो ।

क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भए पनि अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न सकिने व्यवस्था गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!