अनुसन्धान विभागले माग्यो २३२ जना कर्मचारी,एसइई उत्तीर्णले समेत आवेदन दिन पाउने

Posted on: 03 Jan, 2020

पुस १८, काठमाडौँ | राष्ट्रिय अनुसन्धान विभागले शुक्रबार सूचना प्रकाशित गरी दुई सय ३२ जना सहायक सूचक पदका लागि दरखास्त आह्वान गरेको छ | १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवेदन दिन सकिने विभागले जनाएको छ |

एसएलसी वा एसइई उत्तीर्ण नेपाली नागरिकले यस पदमा आवेदन दिन सक्नेछन् | योग्यता पुगेका नेपाली नागरिकले  विभागको वेबसाइट indept.gov.np मार्फत् अनलाइनबाटै आवेदन भर्न सक्नेछन् | बिभागका अनुसार आवेदनका लागि परीक्षा दस्तुर एक सय ५० रुपैयाँ र समावेशी समूहका लागि भने थप ३० रुपैयाँ लाग्नेछ | माघ २० देखि माघ २६ गतेभित्र भने दोब्बर दस्तुर तिरी दर्खास्त दर्ता गर्न सकिने छ | 

लिखित परीक्षा, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताबाट कर्मचारी छनोट गरिने विभागले जनाएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!