एक बर्षमा १६ हजार २ सयले बढ्यो सुनको मूल्य, किन बढिरहेको छ ?

Posted on: 06 Jan, 2020

पुस २१, काठमाडौँ | नेपालमा सुनको भाउ लगातार उकालो लागिरहेको छ | आज सुनको मूल्य अहिले सम्मकै उच्च रहेको छ | प्रतिदिन कहिले हजार त कहिले ५ सयको दरले बढिरहेको छ | आज नेपालमा प्रतितोला  सुनको भाउ ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

एक बर्षमा मात्रै सुनको मूल्य प्रति तोला १६ हजार २ सय रुपैयाँले बढेको महासंघले जनाएको छ | २०७५ पुष २२ गते सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेको थियो | हाल सुनको मूल्य बढ्नुको कारण अमेरिका र इरान बिचको युद्ध रहेको अर्थ विद्द्को भनाइ छ |

चीन र अमेरिका बीच व्यापारका विषयमा गत डिसेम्बरमा भएको सम्झौता कार्यान्वयनमा आउन नसक्नु, भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको र भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँको क्रयशक्ति पनि घटेको छ, जसकारण डलरको भाउ बढ्न गइ नेपालमा सुनको मूल्यमा वृद्धि भइरहेको छ |

विश्व बजारमा सुनको माग बढ्दै गएकाले फेरिपनि नयाँ रेकर्ड कायम बनाउन सक्ने विज्ञहरुको भनाइ छ | विश्वका ठुला मुलुकहरुबीच युद्ध हुँदा लगानीकर्ताले आफ्नो लगानीको सुरक्षाका लागि सुनमा लगानी बढाउँछन् | त्यसैले पनि अहिले सुनको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ भने मूल्यमा पनि वृद्धि भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!